शनिबार, साउन १६, २०८३

जंगली च्याउ खाँदा पूर्वी नवलपरासीमा पाँच जना बिरामी

विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

पूर्वी नवलपरासी- विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। 

आइतबार दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।

उनीहरूको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ। जंगलबाट ल्याएको च्याउ खाएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-५ का तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया र छोरा बिश्राज बिरामी परेका हुन्। 

उनीहरूका छिमेकी नरमाया ठाडा र कला लम्काह पनि च्याउ खाएपछि बिरामी परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 08, 2022| 09:04 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।