सोमबार, जेठ २५, २०८३

सत्ता गठबन्धन आवद्ध सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्ने भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्ने भएको छ। 

National life

बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

मंसिर ४ गतेलाई तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो। बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुनेछ। 

गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ।

Shivam cement

प्रकाशित: Aug 08, 2022| 07:33 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...