आइतबार, साउन २४, २०८३

चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए पाँच पार्टी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्। 

आयोगले दल दर्ताका लागि आह्वान गरेको दिन आइतबार नै पाँच राजनीतिक दल दर्ता भएका छन्। पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ। 

दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ। यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए। 

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम थालेको छ।

आयोगका प्रवक्ता पौडेलका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ। 

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायत विवरण पेश गर्नुपर्नेछ।

प्रकाशित: Aug 08, 2022| 06:46 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...