सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ।

National life

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: Aug 08, 2022| 06:32 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...