आइतबार, जेठ ३, २०८३

पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

दाङ- पश्चिम दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ। दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।

National life

विकलाई बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्ने क्रमा आइतबार करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको प्रहरीले जनाएको छ। उनको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। 

त्यस्तै देउखुरीमा भीरमौरीको टोकाइबाट गम्भीर घाइते भएका राप्ती गाउँपालिका–७ लैबरुवा बस्ने ३३ वर्षीय खीमबहादुर कुमालको पनि आइतबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

शनिबार घर नजिककै जङ्गलमा साथीसँगै रुखमा चढेर मौरी काट्ने क्रममा मौरीले टोक्दा गम्भीर घाइते भएका उनको लमही अस्पतालस्थित उपचारको क्रममा निधन भएको हो। 

प्रकाशित: Aug 08, 2022| 06:10 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।