बुधबार, फागुन २०, २०८२

गाजामा आवश्यकतानुसार सैन्य कारबाही जारी रहने : इजरायल

इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन्। इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

जेरुसलेम- इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन्। इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो।

रक्षामन्त्री बेनी गान्टज्‌सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको जानकारी दिँदै आवश्यकतानुसार त्यहाँ इजरायली सेनाले कारबाही जारी राख्‍ने बताए।

शान्ति पुनःस्थापना तथा गाजा क्षेत्रमा बसोबास गर्नेहरूलाई जोखिममुक्त नबानाएसम्म जेहादीविरुद्धको कारबाही जारी रहने रक्षामन्त्रीले बताए। 

यसैबीच, गाजा क्षेत्रका प्यालेस्टिनी अधिकारीहरूले शुक्रबारदेखि भएको हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको बताएका छन्। शुक्रबार दिउँसो इजरायली वायुसेनाले गरेको कारबाहीमा प्यालेस्टिनी इस्लामिक जिहादका एकजना वरिष्ठ कमाण्डरको मृत्यु भएपछि गाजामा युद्ध चर्केको हो। 

प्रकाशित: Aug 08, 2022| 04:30 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।