बुधबार, फागुन २०, २०८२

इथियोपिया : सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु

इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

इथियोपिया- इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन्।

स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भने, 'जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ।'

कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको पनि बताए। विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ।

ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ) को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो।

प्रकाशित: Aug 07, 2022| 23:45 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।