आइतबार, जेठ ३, २०८३

रुकुमपश्चिममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्‍ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

रुकुमपश्‍चिम- रुकुमपश्चिममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो। 

National life

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्‍ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो।

तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ। त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताउनुभयो। सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए।

उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए। सुनार हाल त्रिवेणी गाउँपालिकामा कर सङ्कलकका रूपमा कार्यरत थिए। उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो। त्यहीँबाट अरिङ्गाल झार्न सल्यान गएको बताइएको छ। सुनारको शव जिल्ला ल्याइरहेको बताइएको छ।

प्रकाशित: Aug 07, 2022| 23:15 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।