आइतबार, जेठ ३, २०८३

निकुञ्‍जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएकी हुन्। अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

बारा- वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्‍ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन्। मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएकी हुन्। अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन।

National life

पर्सा राष्ट्रिय निकुञ्‍जको क्षेत्र हुँदै बाराको पिलुवाबाट पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने बताइएको छ। वीरगञ्‍ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग एवं घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक-पटक ट्रिपिङ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युत्को गुणस्तर न्यून हुनेजस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका थिए। 

विद्युत् प्रसारणमा पटक–पटक समस्या भएपछि त्यहाँका उद्योग तथा नागरिक वर्षौँदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

संघले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवादसमेत दिएको उहाँका स्वकीयसचिव निखिल वरनवालले जानकारी दिए। विद्युत् प्रसारण लाइनका विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ। 

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाठ पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने अध्यक्ष डा गुप्ताको विश्वास छ।

प्रकाशित: Aug 07, 2022| 22:50 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।