मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ४ प्रतिबद्धतासहित पूर्वी नवलपरासी–१ बाट चुनाव लड्ने शशांकको घोषणा

४ प्रतिबद्धतासहित पूर्वी नवलपरासी–१ बाट चुनाव लड्ने शशांकको घोषणा

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी–१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी–१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचित भइसकेका कोइरालाले चौथोपटक उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

National life

प्रेस युनियनको हालै सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा सम्मान गर्न आयोजित कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको सुनाएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता सुनाएका छन्।

‘पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा कुरा पूरा गर्न फेरि चौथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु। नवलपरासीमा लागू गरिने यी योजनाबाट जिल्लाको कायापलट हुन्छ,’ उनले दाबी गरे।

उनले बीपी अन्तर्राष्ट्रिय खेल मैदानका लागि स्वदेशको बजेटले मात्रै अपुग हुने भएकोले छिमेकी देशका साथीहरुसँग यसबारे छलफल भइरहेको पनि बताए। उनले भने, ‘यो परियोजना नेपाल सरकारको बजेटबाट मात्र सम्भव हुँदैन। त्यसका लागि मेरा भारतीय मित्रहरुसँग कुरा गरेको छु।’ उक्त खेल मैदान निर्माणका लागि अर्थ मन्त्रालयले गैंडाकोट नगरपालिकामा प्रस्ताव गरेर बजेटसमेत विनियोजन गरेको छ।

प्रकाशित: Aug 07, 2022| 17:57 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...