आइतबार, साउन २४, २०८३

'एमालेको भाग्यमै गठबन्धनसँग चुनाव लड्न लेखेको रहेछ'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनसँग चुनाव लड्नु एमालेको भाग्यमै लेखेको टिप्पणी गरेका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनसँग चुनाव लड्नु एमालेको भाग्यमै लेखेको टिप्पणी गरेका छन्।

आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आगामी चुनावमा पनि एमालेले गठबन्धनसँग लड्नुपर्ने र यो कुरा नसिबमै लेखेको बताएका हुन्।

उनले भने, ‘मंसिर ४ गते निर्वाचन आउँदैछ। हामीले गठबन्धनसँग चुनाव लड्नु पर्नेछ। यो नसिबमै लेखेको छ।’ उनले गठबन्धनलाई इंगित गर्दै चुनावमा हारिने डरले एकअर्कोको सहारा लिएर चुनावमा जान लागेको आरोप लगाए।

उनले भने, ‘बाँच्नका लागि डुब्न लागेका बेला बग्दै गरेको त्यान्द्रो समाउँछ रे, त्यसले बचाउँछ कि बचाउँदैन त्यो थाहा हुँदैन। त्यसैले यी डु्ब्न लागेका छन्। डुबिएला भनेर एकले अर्कोलाई, अर्कोलाई अर्कोलाई समात्दा समात्दै सबै डुब्छन्।’

गठबन्धनका नेतालाई लक्षित गर्दै उनले एमालेले  हेप्यो भन्ने गरेको सुन्नमा आएको र यस्तो हो भने आफूहरुले अर्को मोर्चा बनाउन सक्ने बताए। उनले गठबन्धन एक्लै चुनावमा जाने हिम्मत गर्न नसक्ने दाबी गरे। गठबन्धन दलहरु चुनाव भयो भने प्रतिगमन हुन्छ भनेर आत्तिएको उनको भनाइ थियो।

उनले गठबन्धनको अस्तित्व सकिएको र अब यो एउटा पार्टीमात्रै रहेको टिप्पणी  गरे। उनले भने, ‘यो दलको रुपबाहेक अरु केही होइन।’ उनले गठबन्धन सरकार विनाशकारी सरकार भएको बताए।


प्रकाशित: Aug 07, 2022| 17:14 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...