आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आयोगमा दर्ता दलका केन्द्रीय समिति सदस्यले साउनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

आयोगमा दर्ता दलका केन्द्रीय समिति सदस्यले साउनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगमा दर्ता भइसकेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले यही साउनभित्र आफ्नो चल–अचल सम्पतिको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने भएको छ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं– निर्वाचन आयोगमा दर्ता भइसकेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले यही साउनभित्र आफ्नो चल–अचल सम्पतिको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने भएको छ। 

आयोगको साउन १५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। 

आयोगले तोकेको ढाँचामा तयार पारेर सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयसमक्ष पेश गरे–नगरेको जानकारी आयोगलाई साउनभित्र जानकारी दिन आयोगले दलहरुलाई भनेको छ। आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने भनी भएको निर्णयअनुसार पत्राचार गरिएको निर्वाचन आयोगले जनाएको छ।

उपदफा २ मा उक्त विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेश गर्ने र नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्नुपर्ने निर्वाचन ऐनमा व्यवस्था छ।

प्रकाशित: Aug 07, 2022| 17:03 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...