आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीश महाभियोग लगाउने भए परमादेश पनि खारेज गरौँ : नरबहादुर धामी

प्रधानन्यायाधीश महाभियोग लगाउने भए परमादेश पनि खारेज गरौँ : नरबहादुर धामी

प्रधानन्यायधीश राणामाथि प्रस्ताव भएको महाभियोगमाथि प्रतिनिधि सभामा छलफलमा सहभागी हुँदै सांसद धामीले यस्तो बताएका हुन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद नरबहादुर धामीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग लगाउने भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको आदेश पनि खारेज गर्नुपर्ने बताएका छन्। प्रधानन्यायधीश राणामाथि प्रस्ताव भएको महाभियोगमाथि प्रतिनिधि सभामा छलफलमा सहभागी हुँदै सांसद धामीले यस्तो बताएका हुन्। 

'महाभियोग लगाउने हो भने हाम्रो पनि समर्थन हुन्छ। संविधानको उल्लंघन हुने गरी किन परमादेश जारी गरियो? संसदबाट सरकार बनाऔँ,' उनले भने, 'परमादेशबाट यो सरकार बनेको हो। प्रतिपक्षको पनि साथ चाहिने हो त्यो पनि खारेज हुने विषय पनि समावेश गरौँ। परमादेशबाट आएको सरकारले गरेका सबै काम खारेज हुने विषय पनि समावेश गरौँ। आफैँमाथि कानुको ड्नडा ठटाइने डरले महाभियोगको डन्डा ठटाइयो।'

उनले परमादेश दिँदा लड्डु खाइरहेका दलले ल्याएको उक्त प्रस्ताव महाभियोग नभएर नौटंकी मात्र भएको उल्लेख गरे। 

प्रकाशित: Aug 07, 2022| 15:08 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...