आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महेश बस्नेतको आरोप- चोलेन्द्रविरुद्धको महाअभियोग सरकार टिकाउने षड्यन्त्र

महेश बस्नेतको आरोप- चोलेन्द्रविरुद्धको महाअभियोग सरकार टिकाउने षड्यन्त्र

नेकपा एमालेका सांसद महेश बस्नेतले चोलेन्द्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सरकार टिकाउने षड्यन्त्र भएको बताएका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले चोलेन्द्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सरकार टिकाउने षड्यन्त्र भएको बताएका छन्। 

महाअभियोग प्रस्ताव दर्ता भएको पाँच महिनासम्म अल्झाएर अहिले छलफल अघि बढाउनु यसलाई टुंगो लगाउन नभएर विचाराधीन राख्ने सरकारको उद्देश्य भएको आरोप उनले लगाए।

प्रधानन्यायाधीशलाई असंख्य आरोपसहित महाअभियोग लगाइएकोमा संसदीय मूल्यमान्यताअनुसार तीन महिनाभित्र काम अघि बढाएर छिनोफानो गर्नुपर्नेमा आलटाल गरिएको उनले बताए। अहिले चुनाव मिति घोषणापछि चोलेन्द्रको कार्यकाल सक्ने षड्यन्त्रका साथ मात्रै छलफल अघि बढाइएको टिप्पणी उनले गरे।

निलम्बित प्रधानन्यायाधीश जबरा उमेर हदका कारण मंसिर २८ मा सेवानिवृत्त हुँदैछन्। जसकारण उनको बिदाइ पर्खिएर अहिले छलफल अघि बढाइएकोमा पुनः आलटाल गरेर प्रस्ताव विचाराधीन नै राख्ने उद्देश्य सरकारको भएको आरोप उनले लगाए।

कायममुकायमबाट अदालत चलाउने गलत नजिर गम्भीर र डरलाग्दो भएको उनले बताए।

प्रकाशित: Aug 07, 2022| 14:03 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...