मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • योगेश भट्टराई भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले गम्भीर रुपमा लिएन

योगेश भट्टराई भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले गम्भीर रुपमा लिएन

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्। 

National life

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले स्वास्थ्य बीमा जस्तो जनताको स्वास्थ्य सम्वेदनशीलतासँग जोडिएको विषयलाई सरकारले व्यवसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाए।

भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने माग गरेका छन्।

'स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको छ। १ लाखबाट अब दायरा बढाएर १० लाख बनाउनुपर्छ,' उनले भने। सरकारले  ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको नेता भट्टराईको आरोप छ।

प्रकाशित: Aug 07, 2022| 12:30 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...