एजेन्सी-पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लामो समयदेखि देश र क्लबका लागि प्रतिष्ठित जर्सि नम्बर ७ लगाउने गर्दछन् । रोनाल्डो जर्सि नम्बर ७ बाट प्रख्यात भएका छन् । उनलाई अर्को नाम सिआर सेभेनले पनि बोलाउने गर्द छन् । म्यानचेस्टर युनाइटेड देखि लगाउदै आएका उनले रियल मड्रिड हुदै हाल युभेन्ट्समा पनि जर्सि नम्बर ७ नै लगाएका छन् । उनले आफ्नो नाम र जर्सि नम्बरलाई एक अन्तराष्ट्रिय ब्रान्ड बनाइ दिएका छन् ।
उनी युनाइटेड पुग्दा उनको मनपर्ने जर्सि नम्बर उनीसँग थिएन् । उनले स्पोर्टिङमा जर्सि नम्बर २८ लगाएका थिए । तर, जब उनी २००४ मा रेड डेभिल्स पुगे तब तत्कालीन प्रबन्धक सर एलेक्स फग्र्युसनले उनलाई जर्सि नम्बर ७ दिएका थिए । एलेक्लाई रोनाल्डो प्रति पुर्ण विश्वास भएकाले जर्सि नम्बर ७ दिएको बताएका छन् । जुन आज रोनाल्डोले साबित गरि दिएका छन् ।
उनले ओल्ड ट्राफेर्डमा आफ्नो मनपर्ने २८ नम्बर जर्सि लगाउने बताएका थिए । तर, एकेक्सले त्यो जर्सि दिने निर्णय गरे जुन फुटबलका महानहस्तीले लगाएका थिए । जर्सि नम्बर ७ विश्व फुटबलका महानहस्ती डेभिड बेकहम, गोर्गे बेस्ट र एरिक क्यान्टोना जस्ता खेलाडीले लगाएका थिए । त्यही जर्सि लयाएर रोनाल्डोले प्रिमियर लिगमा विपक्षी रक्षालाई तोड्दै उत्कृष्ट प्रदर्शन गरे । इंग्लयान्डमा रहदा उनलने एक सिजनमा ४२ गोल गर्दै २००८ मा बेलोन डिओर पुरस्कार प्राप्त गरे ।
युनाइटेडसँगको छ बर्षे यात्रा टुङ्ग्याउँदै उनी २००९ मा रियल मड्रिड गएका थिए । तर, उनले शुरुमा रियलमा जर्सि नम्बर ९ लगाएका थिए । किनकी त्यती बेला रियलका लागि खेल्ने राउलले जर्सि नम्बर ७ लगाएका थिए । उनी युभेन्ट्समा पुग्दा जर्सि नम्बर ७ युभेन्ट्सका स्ट्राइकर जुआन कुआड्राडोले लगाएका थिए । हाल जुआन जर्सि नम्बर १६ लगाउने गर्द छन् । अहिले देशका लागि समेत जर्सि नम्बर ७ लगाउने रोनाल्डो पहिले १७ नम्बर जर्सि लगाउने गर्दथे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४