बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीच मुक्का हानाहान

आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीच मुक्का हानाहान

तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच मुक्का हानाहान भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच मुक्का हानाहान भएको छ। आइतबार दिउँसो गाउँपालिकाको कार्यालय परिसरमा मुक्का हानाहान भएको हो।

आर्थिक वर्ष २०७७/०७८ को भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष र लेखापालबीच विवाद भएको थियो। गाउँपालिकाका योजनाहरूको भुक्तानीका लागि अध्यक्ष लिम्बूले दवाब दिएको तर लेखापालले महालेखा नियन्त्रकको कार्यालयले दिएको 'सूत्र'मा अद्यावधिक नहुने भएकाले भुक्तानी दिन नसकिने बताएका थिए। यसै विषयमा भएको विवाद बढ्दै गएर मुक्का हानाहानसम्मको स्थितिमा पुगेको हो। 

गाउँपालिकाको कार्यालय परिसरमा नै भएको विवादमा दुवै पक्षले अर्को पक्षले पहिले मुक्का हानेको बताएका छन्। तर कसले पहिले हात हालेको भन्ने खुलेको छैन। 

दिउँसो कार्यालय परिसरमा नै गाउँपालिका अध्यक्षले आफूमाथि हात हालेको लेखापाल सुजन थापाले बताए। 'अध्यक्षले नै मलाई बोलाउनु भयो। त्यसपछि भुक्तानी किन नदिएको भनी सोध्नु भयो। मैले कानुनी प्रक्रिया र 'सूत्र'बारे भनेँ। तर उहाँले मेरो राजनीतिक जीवन नै धरापमा पार्न खोजेको भन्दै मनपरि बोल्दै मुक्का हान्नु भयो।' गाउँपालिका अध्यक्षले आफूलाई गाउँपालिका छोड्न धम्की दिएको समेत उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष लिम्बूले भने लेखापालले आफूमाथि आक्रमण गरेको तर अन्य कर्मचारीले आफूलाई बचाएको बताए। 'भुक्तानीका विषयमा कुराकानी भयो। विवाद भयो। विवाद चर्कँदै गयो। उठाउठ भयो। कर्मचारी (थापा)ले आक्रमण गर्दा अन्य कर्मचारीलाई लाग्यो। अबको काम प्रहरी प्रशासनको हो,' अध्यक्ष लिम्बूले भनेका छन्। 

विवाद भएपछि अध्यक्ष र लेखापाल दुवै जनाले छुट्टाछुट्टै रूपमा निवेदन ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा दिएका छन्। दुवैजनाको प्रहरीमा परेको निवेदनमा एकले अर्कोलाई आरोप लगाइएको छ। 

दुवै निवेदनमाथि सोमबार प्रहरीले छलफल गर्ने भएको छ। यसैबीच, गाउँपालिका अध्यक्षले पनि सोमबारै आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएका छन्।

प्रकाशित: Aug 08, 2021| 23:00 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।