मंगलबार, जेठ २६, २०८३

स्वदेशमै रोजगारी उपलब्ध गराउने मन्त्री गहतराजको प्रतिबद्धता

विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताएका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

भक्तपुर- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताएका छन्। 

National life

राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको वैदेशिक रोजगारबाट फर्केका युवाको अवस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम २०७९ को उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोगार र उत्पादनमा जोड्न सरकारले प्रयास गरिरहेको बताए। 

सरकारले युवा रोजगारका लागि विभिन्न कार्यक्रम अगाडि सार्दै त्यसका लागि बजेट विनियोजनसमेत गरेको बताउँदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरी ठोस परिणाम दिने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरी सरकारले योजना ल्याउनुपर्नेमा जोड दिए। 

वैदेशिक रोजगारीका क्रममा उनीहरूले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उनको भनाइ थियो।

Shivam cement

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले विभिन्न कार्यक्रम अगाडि ल्याएको बताए। त्यस अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिरहेको बताए। 

युवालाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डिपी ढकालले नेपाली श्रमबजारको अवस्था, समस्या, चुनौती र अवसरका बारेमा चर्चा गरिन्। 

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी( का निर्देशक अनोज भट्टराईले सीप र प्रविधिसँग जोड्दै विदेशबाट फर्किएका युवालाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताए। 

रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रीय सचिवालय सदस्य काजी थापा, सञ्जालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षाबारे चर्चा गरे। रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्ने विषयमा योजना बनाउन प्रशिक्षण सञ्चालन गरिएको बताए।   -रासस

प्रकाशित: Aug 07, 2022| 07:38 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...