बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

श्रीलंकामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

श्रीलंकाले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

kumari

कोलम्बो- श्रीलंकाले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ।

सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो। विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलङ्कामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताए।

हाल श्रीलंकाको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसी मात्रै छन्।  सन् २०२२ जुनमा श्रीलङ्काको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो।  आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धनअभावपछि श्रीलङ्काले यो कदम चालेको हो।

प्रकाशित: Aug 07, 2022| 04:30 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।