बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

मन्त्री वाङले क्षेत्रीय शान्ति, स्थायित्व र विकासको प्रवर्द्धन गर्ने स्पष्ट उद्देश्यका साथ पूर्वी एशिया शिखर सम्मेलनको स्थापना भएको र यसको केन्द्रियतामा जोड दिनुपर्ने बताएका छन्। हालको अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था जटिलताबाट गुज्रिरहेको र अनिश्चितता र अस्थिरताका प्रमुख समस्याहरूमा अल्झिएका वाङले बताए।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

बेइजिङ- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन्। मन्त्री वाङले क्षेत्रीय शान्ति, स्थायित्व र विकासको प्रवर्द्धन गर्ने स्पष्ट उद्देश्यका साथ पूर्वी एशिया शिखर सम्मेलनको स्थापना भएको र यसको केन्द्रियतामा जोड दिनुपर्ने बताएका छन्। हालको अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था जटिलताबाट गुज्रिरहेको र अनिश्चितता र अस्थिरताका प्रमुख समस्याहरूमा अल्झिएका वाङले बताए। 

महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू फैलिएको, ऊर्जा, खाद्यान्न र  आर्थिक समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताएका छन्।

महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू विश्वव्यापीरूपमा फैलिएको छ। त्यसबाट ऊर्जा, खाद्यान्न र वित्तका समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताए।

उनले पूर्वी एशिया शिखर सम्मेलनले सबै पक्षबीच सहमति निर्माण गर्न र चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा क्षेत्रीय राष्ट्रहरूले गरेको बताए।

'हामीले शिखर सम्मेलनको मूल उद्देश्यको समीक्षा गर्नुपर्छ । यसको विकासको दिशालाई निरन्तरता दिनुपर्छ र क्षेत्रीय संरचनालाई असर गर्नबाट साना विशेष गुटहरूलाई रोक्नुपर्दछ,' उनले भने। मन्त्री वाङले साँचो बहुपक्षीयता र खुला क्षेत्रीयतावादलाई समर्थन गर्न, साझा, व्यापक, सहकारी र दिगो सुरक्षाको दृष्टिकोणको वकालत गर्न र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तरराष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताहरूको रक्षा गर्न समेत आह्वान गरेका छन्।

kumari

यसैगरी मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्। ती प्रस्तावमा राजनीतिक सुरक्षासम्बन्धी वार्तालाई रचनात्मक ढङ्गले अघि बढाउने, विकास र सहयोगको लागि शिखर सम्मेलन  बलियो बनाउने र जोखिम एवं चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्षमता प्रवर्द्धन गर्ने लगायतका छन्।  

प्रकाशित: Aug 06, 2022| 23:30 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।