बिहीबार, असार ३२, २०८३

दीपेन्द्रको शतकमा श्रीलंकालाई नेपालको विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतले नेपालले श्रीलंका क्रिकेट क्लब ब्लुमफिल्डलाई विशाल लक्ष्य सुम्पेको छ।
 
एसियन कप क्रिकेट छनोटको तयारीमा रहेको नेपालले आफ्नो दोस्रो मैत्रीपूर्ण खेलमा ब्लुमफिल्डलाई तीन सय २४ रनको विशाल लक्ष्य सुम्पेको हो।

पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ५० ओभरमा अाठ विकेट गुमाउँदै तीन सय २३ रन जोडेको थियो। नेपालका लागि ऐरीले सर्वाधिक एक सय २१ रन जोडे। उनले ९४ बल खेल्दै १२१ रन जोडेका थिए। त्यस्तै, अर्का ब्याट्सम्यान सागर पुन शतक बनाउनबाट केही रनले चुके। 

उनले ८२ बल खेल्दै ९२ रन दोड्दा आउट हुन पुगे। केही समय मैदान बाहिर रहेका सागरले राष्ट्रिय टिममा पुनरागमन गर्दै अर्धशतकीय पारी खेले। 

करण केसीले २६ रन, कप्तान पारस खड्काले २३ रन, अनिल साहले १७ रन र रोहितकुमार पौडेलले ११ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।