शनिबार, साउन १६, २०८३

मनाङमा ३८ योजना निर्माण सम्पन्न

बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए। गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

मनाङ- हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन्। सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन्।

पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ। बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए। गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए।

जिल्लामा ९० लाखको लागतमा ङावल ढलान बाटो, ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ। यस्तै २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ। ‘हालसम्म पाँच करोडबराबरको काम भइसकेको छ। बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,’ प्रमुख विष्टले भने।

मनाङमा तीन बहुवर्षीय योजना छन्। दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ। चालु आर्थिक वर्ष २०७९/८० मा मनाङमा १६ योजना थप भएका छन्। वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ।


प्रकाशित: Aug 06, 2022| 17:23 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।