बुधबार, फागुन २०, २०८२

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ। नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

नयाँ दिल्ली- भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ। स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। मतदानको परिणाम पनि शनिबारनै सार्वजनिक गरिने बताइएको छ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ। नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ। 

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।

प्रकाशित: Aug 06, 2022| 15:58 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।