सोमबार, चैत १६, २०८२

टुँडिखेलमा चार खेल मैदान बन्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- काठमाडौंको केन्द्रमा रहेको टुँडिखेलमा राजधानीका ‘ए’ र ‘बी’ डिभिजनका क्लब तथा आम मानिसलाई अभ्यास गर्न मिल्ने गरि चार फुटबल मैदान बन्ने भएका छन् ।

काठमाडौं महानगरको स्विकृतीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली सेनाको सहयोगमा टुंडिखेलमा चारवटा फुटब मैदान बनाउन लागेकाे हाे । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार दुई पुरा र दुई सेभेन ए साईड फुटबल खेल्न मिल्ने गरि ४ वटा मैदान एन्फाले तयार गर्नेछ । 

यतीखेर टुँडिखेलमा पहिलो चरण अन्तर्गत घाँस र झारहरु काट्ने काम सुरु गरेको छ । ‘घाँस काटेर सफा गर्ने काम सात दिन भित्र सकिन्छ । त्यसपछि एन्फाले गोल पोस्ट हाल्ने र स्थायी मार्किङ गर्ने काम गर्छ ।’ तुलाधरले भने, ‘टुँडिखेलमा मैदान बनेसंगै अभ्यास गर्ने ठाउँ र फुटबल खेल्ने संस्कृतीको विकाश पुग्ने हाम्रो अपेक्षा छ ।’  

एन्फाले काठमाडौं महानगरपालिकासंग स्विकृती लिएर टुँडिखेलमा फुटबल मैदान बनाउने कार्यलाई अघि बढाएको हो । यसअघि, काठमाडौंका शीर्ष डिभिजनका क्लबले महानगर प्रमखसंग भेट गरि फुटबल अभ्यास गर्ने स्थानको अभाव रहेको भन्दै टुँडिखेललाई मैदान बनाउन आग्रह गरेका थिए ।

सोही अनुसार टुँडिखेलको संरक्षण गर्दै आएको नेपाली सेना र महानगरको सहकार्यमा एन्फाले फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको हो । लिग तयारीमा रहेका मैदान नभएका काठमाडौंका क्लबहरुले अब टुँडिखेलमा अभ्यास गर्नेछन् । एन्फाले टुँडिखेलको मैदानलाई स्तरीय फुटबल मैदानको रुपमा विकाश गर्ने लक्ष्य लिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।