आइतबार, जेठ ३, २०८३

कोसीमा पानीको बहाव बढ्यो, बाढी आउनसक्ने चेतावनी

सप्तकोसी नदीमा पानीको ठूलो बहाव देखिएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पनि पानीको सतह बढेसँगै पानीको ठूलो बहाव देखिएको हो।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

National life

काठमाडौं- सप्तकोसी नदीमा पानीको ठूलो बहाव देखिएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पनि पानीको सतह बढेसँगै कोसीमा पानीको ठूलो बहाव देखिएको हो।

यतिबेला बराह क्षेत्रमा पानीको ठूलो बहाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त पानी कोसी ब्यारेजसम्म आइपुग्न करिब दुई घण्टा लाग्ने बताइएको छ। पानीको बढ्दो बहावका कारण कोसी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको ठूलो दबाब ब्यारेजमा पर्ने अनुमान गरिएको छ।

कोसी ब्यारेजले नौ लाख क्युसेक पानीको बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। बराह क्षेत्रमा देखिएको पानी कोसी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित: Aug 06, 2022| 14:05 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।