मंगलबार, वैशाख १८, २०८१

खेलाडी विदेश पलायनबारे सोच्‍न ढिला भएन?

नेपालको फुटबल क्षेत्रलाई उँभो लगाउँदै गरेका सन्तोष तामाङ, दर्शन गुरुङ, हेमन गुरुङ, एलन न्यौपाने, जगजीत श्रेष्ठ, निरोज बस्नेतलगायतका खेलाडी खेलले जीवनयापन नधानिएपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने विवशता।
 |  शनिबार, साउन २१, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, साउन २१, २०७९

काठमाडौं– पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विदेशिने क्रम बाक्लिएको छ। केही महिनाअघि मात्रै नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सन्तोष तामाङ र फर्वार्ड दर्शन गुरुङ अस्ट्रेलिया लागे। यी दुई खेलाडीले केही महिनाअघि मात्रै कुवेतमा भएको एएफसी एसियन कप छनोटअन्तर्गतका खेल खेलेका थिए। कुवेतमा राष्ट्रिय टोलीबाट खेलेर फर्किएलगत्तै उनीहरू रोजगारीका लागि विदेशिएका हुन्।

triton college

त्यसो त, विदेश पलायन हुने खेलाडीको सूचीमा दर्शन र सन्तोष नाम मात्र छैन,  रोजगारीका लागि मिडफिल्डर हेमन गुरुङ, गोलकिपर एलन न्यौपाने, जगजीत श्रेष्ठ र राष्ट्रिय टिमबाट खेलिसकेका निरोज बस्नेत पनि छन्। 

निरोजले २०७७ मा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। उनी न्युरोड टिमबाट ‘ए’ डिभिजन लिग खेल्थे। यही वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलिसकेका सुमन लामा र आशीष लामा पनि अस्ट्रेलिया गएका छन्। अन्य केही खेलाडी पनि विदेशिने तयारीमा रहेको स्रोतको दाबी छ।

राष्ट्रिय टोली र घरेलु प्रतियोगितामा खेलेर नाम कमाएका खेलाडीले कठोर निर्णय लिनुको कारणमध्येको प्रमुख हो–खेल क्षेत्रको कमाइले जीवनयापमा कठिनाइ।

बिहीबार ललितपुरमा आयोजित हाम्रो खेलकुद डटकमको सातौं वार्षिकोत्सव अवसरमा संस्थाले धावक जीतबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरीका सिंहलाई २५ हजार नगदसहित सर्वकालीन सम्मान गर्‍यो। उक्त कार्यक्रममा सम्मानित हुने क्रममा बोल्दै लेजेन्डरी फुटबलर राजुकाजी शाक्यले खेलाडी विदेश पलायनको विषयलाई सरकार र राष्ट्रिय खलेकुद परिषद् (राखेप)को ध्यानाकर्षण गराए।

corrent noodles
Metro Mart

जवाफमा गगन थापा र टंकलाल घिसिङले यस विषयमा आफूहरूको कमजोरी रहेको स्वीकारे। उनीहरूले खेलाडी विदेश पलायन हुने विषय जटिल भएको र यसलाई रोक्न आवश्यक खेल पूर्वाधार तथा आर्थिक रूपमा पनि विशेष ध्यान दिइने प्रतिबद्धता जनाए। खेलाडीको आर्थिक समस्याको विषयबारे  आफूहरूको पहल रहिरहने उनीहरूको धारणा थियो।

यसै विषयमा नेपाल समयले राजुकाजी शाक्यलाई खेलाडी विदेशिक पलायन रोक्न के गर्नुपर्छ भनी सोधेको थियो।

शाक्यले भने, ‘खेलाडीले उमेर भएर खेल्न सकुन्जेल जसोतसो केही गर्छ, आफ्नो जीवन चलाउँछ। खेल्न छाडेपछि के गर्ने  भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। नेपालको हकमा खेलाडीको पढाइ निकै कम हुने गर्छ। मलाई लाग्छ, नेपालमा धेरै कम खेलाडी त्यस्ता छन्, जसले पढाइ पूरा गरेका होउन्। त्यसैले खेलाडीलाई सरकारले देशका लागि खेलेको अथवा दिएको योगदानलाई मूल्यांकन गर्दै प्रमाणपत्र दिनुपर्छ। त्यसो गर्दा हामीले त्यहीअनुसारको जागिर गरेर जीवनयापन गर्न सक्छौं। संन्यासपछि खेलाडीलाई जागिर अनिवार्य हुनैपर्छ। हामीले त्यति धेरै ठूलो कुरा माग गरेका छैनौं। देशले जति दिन सक्छ, त्यो हुनुपर्छ।’

उनले खेलाडीका परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्योपचार पनि आवश्यक रहेको बताए। उनले भने, ‘अहिले स्कुल पढाउन धेरै महँगो छ। त्यसैले कम्तीमा पनि खेलाडीको परिवारलाई निःशुल्क पढाइदिने व्यवस्था हुनुपर्छ। स्वास्थ्योपचार पनि निःशुल्क गरिदिनुपर्छ। यातायातमा पनि खेलाडीलाई केही प्रतिशत छुट भए आर्थिक रूपमा धेरै हलुका हुने थियो।’

नेपाली खेलाडी विदेश रोजगारीमा गएका म आफैं चिन्तित छु। नेपालमा हुनुपर्ने लिग निरन्तर हुँदैनन्। यसले गर्दा खेलाडीले व्यावसायिक फुटबलबाट पाउने तलब पाउँदैनन्। वर्षमा तीन–चार महिना लिग खेलेर पाएको पैसाले पुग्दैन।

सरकारले खेलाडीको अनिवार्य बिमा गर्नुपर्ने उनको भनाइ छ। ‘पहिलेको तुलनामा अहिले धेरै बिमा गराइँदै आएको छ। यस्तो बिमा विभिन्न क्लबले गरिरहेका छन्। एन्फाबाट खेल्दा एन्फाले गर्छ। तर दीर्घकालीन रूपमा सबै खेलाडीलाई बिमा व्यवस्था गर्नुपर्‍यो।’

शाक्यलाई अगाडि सोधियो। खेलाडीले संन्यासपछि कत्तिको सम्मान पाउँछन्? उनले भने, ‘जुन खेलाडी लिजेन्ड हो, सबैले उसलाई चिन्छन्। मिडियामा धेरै नाम कमाएको पनि छ। उसलाई कुनै समस्या छैन। तर सबै खेलाडीको त्यस्तो नाम हुँदैन। पहिलो कुरा, खेलाडीलाई सबैमाझ चिनाउने वातावरण बनाउन सरकारले पहल थाल्नुपर्छ। एउटा संस्कृतिको विकास गर्नुपर्‍यो, खेलकुदलाई सबै क्षेत्रमा पुर्‍याउन सक्नुपर्‍यो। त्यसो भए खेलाडीले केही सम्मान पाउँछन्। तर यस्तो अवस्था नेपालमा छैन, जसले गर्दा खेलाडीले जति सम्मान पाउनुपर्ने हो, त्यो पाइरहेका छैनन्। कति खेलाडीलाई विभिन्न मन्त्रालय तथा कार्यालयमा पनि सहजै छिर्न दिइँदैन। गेटमै रोकिराखिन्छ, जुन दुःखद कुरा हो। यस्तो प्रवृत्ति तत्कालै अन्त्य हुन आवश्यक छ।’ सरकारबाटै खेलाडीको मूल्यांकन हुन नसकेको उनको गुनासो छ। खेल क्षेत्रलाई पेसा बनाएका खेलाडीलाई सरकारले हेर्नुपर्ने उनको माग छ।

खेलाडीहरू रोजगारीका लागि विदेश पलायन भएको विषयलाई उनले यसरी सुनाए, ‘पहिलो कुरा, नेपाली खेलाडी विदेश रोजगारीमा गएका म आफैं चिन्तित छु। नेपालमा हुनुपर्ने लिग निरन्तर हुँदैनन्। यसले गर्दा खेलाडीले व्यावसायिक फुटबलबाट पाउने तलब पाउँदैनन्। वर्षमा तीन–चार महिना लिग खेलेर पाएको पैसाले पुग्दैन। अन्य नकआउट खेलमा उनीहरूले खेलका आधारमा पैसा पाउँछन्। जहाँ उनीहरूको टिम बाहिरिँदैन, त्यतिबेलासम्म मात्रै खेल्छन्। कुनै टुंगो हुँदैन। यसरी लिग लगातार नभएपछि धेरै कुराको अभावले देशमा खेलेर कुनै भविष्य नदेखेर विदेशिएका हुन सक्छन्। उनीहरूलाई आफ्नो निर्णय लिने अधिकार भने छ।’

खेलाडीहरू विदेशिनु देश तथा खेल क्षेत्र दुवैका लागि राम्रो नभएको उनले बताए। शाक्यले भने, ‘यसरी खेलाडी विदेशिनु राम्रो कुरा होइन। यसले आउँदो पुस्तालाई पनि असर गर्छ। नयाँ पुस्तालाई खेलमा ल्याउन प्रोत्साहन गर्नुपर्छ। खेलाडीलाई राम्रो सुविधा दिनुपर्छ। खेलाडी, प्रशिक्षक, विभिन्न निकाय तथा सञ्चारकर्मीले पनि यस विषयलाई उठान गर्न जरुरी छ।’

शाक्य नेपालमा लामो समय फुटबल खेल्ने र देशका लागि धेरै पदक जित्ने खेलाडी हुन्।

प्रकाशित: Aug 06, 2022| 19:50 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।