आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाशुपत क्षेत्रलाई स्वच्छ राख्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

पाशुपत क्षेत्रलाई स्वच्छ राख्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेकाले सरसफाइमा विशेष ध्यान दिन मन्त्री श्रेष्ठको निर्देशन।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले करोडौं हिन्दु धर्मावलम्बीको आस्थापुञ्ज पाशुपत क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्। शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा गएका मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।

National life

उनले सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै व्यवस्था मिलाउन निर्देशन दिए।

उनले पुनर्निर्माण भइरहेका सम्पदा स्थल, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ–मन्दिरलगायतको निरीक्षण गरेका थिए। मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे सोधीखोजी गर्दै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा दिन निर्देशन दिए।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेकाले सोहीअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार तथा पुनर्निर्माण भइरहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए।

प्रकाशित: Aug 06, 2022| 12:49 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।