आइतबार, जेठ ३, २०८३

रामपुरमा अटो र जिप ठोक्किँदा एकको मृत्यु, तीन घाइते

पाल्पाको रामपुरमा जिप र अटो ठोक्किएर भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

पाल्पा- पाल्पाको रामपुरमा जिप र अटो ठोक्किएर भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

National life

निस्दी गाउँपालिका-२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको प्रहरीले जनाएको छ। रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको हो।

रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु१ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु१ज ४१३३ नम्बरको जिप ठोक्किएको थियो। 

दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका छन्।

सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Aug 06, 2022| 12:35 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।