आइतबार, जेठ ३, २०८३

बागमतीमा बढ्दै अपराधका मुद्दा

अघिल्लो आवमा प्रदेशका १० जिल्लामा अपराधसम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएकामा गत आवमा मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको बागमती प्रदेश प्रहरीको तथ्यांक।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका १० जिल्लामा १.४० प्रतिशतले अपराधसम्बन्धी मुद्दा दर्ता बढेको विवरण सार्वजनिक गरेको छ। बागमती प्रदेशका जिल्लामा अघिल्लो आव २०७७/७८ को तुलनामा गत आव २०७८/७९ मा अपराधसम्बन्धी मुद्दा दर्ता बढेको देखिएको हो। 

National life

बागमती प्रदेश प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराधसम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएका थिए। गत आर्थिक वर्षमा मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको छ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आव २०७८/७९ मा मुद्दा दर्ता संख्या घटेको छ। आव २०७६/७७ मा ४ हजार ५९४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएकामा गत आर्थिक वर्षमा ४ हजार ४०५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्यांकामा उल्लेख छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्दा फस्र्योट भएका छन्। प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत आवमा अपराधसम्बन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकामा २ हजार ५११ फस्र्योट गरिएको छ भने १ हजार ८९४ वटा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फस्र्योट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गत आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका थिए।

बागमतीमा लागूऔषध, यौनजन्य अपराधका घटना बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। रेग्मीका अनुसार पछिल्लो समय प्रदेशका १० जिल्लामा लागूऔषधका घटना बढेका छन्। 

प्रहरीको तथ्यांकअनुसार आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा लागूऔषध अपराधका घटना २८ प्रतिशतले बढेका छन्। चालू आर्थिक वर्षमा बागमतीका १० जिल्लामा १८ वटा लागूऔषध प्रयोग तथा ओसारपसार र ११ वटा यौन हिंसासम्बन्धी घटना भएको प्रहरीले बताएको छ। आव २०७८/७९ मा प्रदेशका १० जिल्लामा ३३४ वटा लागूऔषधसम्बन्धी घटना भएका छन्। उक्त आर्थिक वर्षमा जबर्जस्ती करणीका २६५ वटा घटना भएका छन्।

प्रकाशित: Aug 06, 2022| 12:34 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।