आइतबार, जेठ ३, २०८३

कैलालीमा बाघको छाला र हड्डीसहित चार जना पक्राउ

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

National life

कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ को पानी ट्यांकी नजिकको सडक खण्डबाट प्रहरीले शुक्रबार बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ।4

डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४-००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए। पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ।

प्रकाशित: Aug 06, 2022| 11:40 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।