आइतबार, जेठ ३, २०८३

धनुषाबाट विभिन्न मुद्दामा फरार पाँच आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिका देवी पासवानलाई गरिएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

धनुषा- धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिका देवी पासवानलाई गरिएको छ।

National life

इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले यदुकुवा बजारबाट पासवनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

यस्तै अपहरण शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा फरार धनुषाको धनौजी गाउँपालिका–४ निवासी १९ वर्षीय रोहित मण्डललाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट रु ५३ हजार जरिवाना सजाय पाएर फरार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ।

बैंकिङ कसुर मुद्दामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी ३७ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार झालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

यसैगरी बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी ५४ वर्षीय काशिकान्त झालाई पक्राउ गरेको छ। प्रहरी चौकी बालुवा धनुषाबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार झालाई जनकपुरधामस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए। आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ। -रासस

प्रकाशित: Aug 06, 2022| 10:57 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।