आइतबार, जेठ ३, २०८३

वाणगङ्गा नदी कटानले बस्ती जोखिममा

कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ। बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

कपिलवस्तु- कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ। बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ।

National life

जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ। नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै आएको छ। 

कजरहवा, पडरिया, सिङ्ग्रहा, हरदौना, करैलियालगायतका गाउँमा सो नदीमा आउने बाढीको उच्च जोखिममा रहेका छन्। नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावलगायतका समस्याले कटान नियन्त्रण हुन नसेको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताए। 

सबैभन्दा बढी सो नगरपालिकाको हरदौना जोखिममा  छ। हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएतापनि निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन।

यसै सातामा लगातार भएको वर्षाले हरदौनाको विभिन्न स्थानमा बाढीले कटान थालेको हो। सो गाउँको जग्गा कटान गरी नदी गाउँ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानीय शैलेन्द्र चौधरीले बताए। केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पटक–पटक अनुगमन गरेपनि काटानको बारेमा कुनै पहल नभएको चौधरीले बताए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताएका छन्। कपिलवस्तुको खेतीयोग्य जमिन कटान गर्ने वाणगङ्गा नदीको तटबन्ध निर्माणका लागि बजेट उपलब्ध गराउन सफल भएको आचार्यले जानकारी दिए। 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वाणगङ्गा नदी कटान नियन्त्रणका लागि भारत सरकारसँग सम्झौता गरेका थिए। तत्कालीन सिँचाइ राज्यमन्त्री आचार्यले सो नदी नियन्त्रणबारे डिपिआर निर्माण गरी मन्त्रालयमा पेश गरेका थिए। 

वर्तमान सरकारले बजेट विनियोजन र तबन्ध निर्माण लगायतका कामका लागि बोलपत्र प्रक्रिया अघि बढाएको पूर्वमन्त्री आचार्यले बताए।

प्रकाशित: Aug 06, 2022| 10:33 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।