शनिबार, साउन १६, २०८३

जापान सबैको प्रेरणाको स्रोत हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापान सबैको प्रेरणाको स्रोत भएको बताएका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापान सबैको प्रेरणाको स्रोत भएको बताएका छन्। जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा जापान सबैको प्रेरणाको स्रोत भएको बताएका हुन्।

उनले जापानको आइटीको स्थिति के  छ भन्नेमा रुची रहेको बताए। युद्धबाट प्रभावित भएको देश आफ्नै मेहेनतले यतिमाथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको प्रचण्डले बताए। यसबाट सबैले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री शिन्जो आवेलाई भेट्ने इच्छा पुरा नभएको भन्दै प्रचण्डले दु:ख व्यक्त गरेका छन्।  उनले भने, ‘म जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेलाई भेट्ने भनेर मिलाउने कोशिस गर्दै थिए। उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को उचाइमा कसरी लाने भन्ने थियो। त्यो पूरा भएन।'

स्वकीय सचिव रशेश मल्लका अनुसार शनिबार बिहान जापान पुगेका प्रचण्डलाई जापान टोकियोस्थित नारिता विमानस्थलमा जापानका लागी नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायत दूतावासका अधिकारीले स्वागत गरेका थियए।

प्रचण्ड प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित पाँच दिने भ्रमणका लागि जापानमा रहेका छन्।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ। प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन्।

भोलि हिरोसिमाको भ्रमण गर्ने छन्। अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ। प्रचण्ड साउन २५ गते स्वदेश फर्कंने छन्।

प्रकाशित: Aug 06, 2022| 10:09 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।