आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेम विवाह गरेको एक महिनामै कैलालीमा युवतीको मृत्यु

प्रेम विवाह गरेको एक महिनामै कैलालीमा युवतीको मृत्यु

कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

धनगढी- कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृतकका श्रीमान‍्ले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृत्यु बताए। 

रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमान‍्ले पासो काटेर अस्पतालमा पुर्‍याएको प्रहरीले जनाएको छ। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई प्रहरीले नियन्त्रणमा लिएकोमा शुक्रबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

‘अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई नियन्त्रणमा लिएका थियौं। तर, प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ। हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिने छौं।’

मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिनसमेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृत्युको खबर आएकाले घटना शंकास्पद रहेको बताइन्।

प्रकाशित: Aug 06, 2022| 09:50 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।