काठमाडौं- काठमाडौंमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्।
कोटेश्वरमा रोकिराखेको बा३ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठ घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।