शनिबार, साउन १६, २०८३

पहिरो खस्दा कुश्मा-बाग्लुङ सडकखण्ड अरुद्ध

मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडकखण्ड पहिरोले बन्द भएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

पर्वत- मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडकखण्ड पहिरोले बन्द भएको छ। निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो।

सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन्।

पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

सडक खुलाउनका लागि बाग्लुङबाट एक्स्काभेटर ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Aug 06, 2022| 08:17 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।