शनिबार, साउन १६, २०८३

सप्तकोशीमा पुन: पानीको सतह बढ्दै

सप्तकोशी नदीमा पानीको सतह पुन: बढ्न थालेको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोशीसँगै सहायक नदीमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- सप्तकोशी नदीमा पानीको सतह पुन: बढ्न थालेको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोशीसँगै सहायक नदीमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशी नदीको चतरामा जलसतह बढ्दो छ। यस्तै, तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जानकारी दिएको छ। यस्तै, उदयपुरतर्फ थप कटान हुन सक्ने जानकारी दिँदै महाशाखाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूले बेलुका सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 06, 2022| 07:58 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।