काठमाडौं- दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। आगलागीमा परी ४० जना घाइते भएका छन्।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
आगलागीपछि मानिसको भागदौड मच्चिएको थियो। आगलागीको कारण खुल्न सकेको छैन।
एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकले अनुमान गरेका छन्। स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।