सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अढाई वर्षदेखिको आन्दोलनबाट मुक्त भयो सिभिल अस्पताल

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९
nespernesper

रासस

रासस

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- निजामति कर्मचारी (सिभिल) अस्पताल र आन्दोलनरत चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। 

triton college

सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएका सबै कार्यक्रम फिर्ता भएका छन्। उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेश गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल गरिनेछ। 

डाक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए। 'सर्वोच्च अदालतले पनि एकपटकका लागि  सीमित आन्तरिक प्रतियोगित गरिस्थायी गर्ने आदेश दिएको छ,' उनले भने, 'स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ।'

सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी सङ्घले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाइएको छ। विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत रहेका थिए। 

प्रकाशित: Aug 05, 2022| 21:34 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...