शनिबार, मंसिर ६, २०८२

७ खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’

सम्मानित हुनेमा धावक जितबहादुर केसी, धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- खेल क्षेत्रमा योगदान गरेका ७ खेलाडीलाई 'हाम्रो खेलकुद डटकम'ले सम्मान गरेको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसरमा सातै खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। 

National life

सम्मानित हुनेमा धावक जितबहादुर केसी, धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह छन्। उनीहरूलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। 

सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंकका सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्मान तथा पुरस्कार रकम प्रदान गरेका थिए। 

सम्मानित हुने केसीले ५ दशकअघि एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए। कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। ओलम्पियन केसी अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कार्यरत छन्।

बैकुण्ठ मानन्धरले सागमा लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए। सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। 

Laxmi sunrise bank
kumari

सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए। त्यति बेला उनले २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भंग हुन सकेको छैन। मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन्।

राजुकाजी शाक्यले फुटबलमा कप्तान र प्रशिक्षक दुवै रुपमा साफको स्वर्ण जित्ने सौभाग्य निकै कमले मात्रै पाउँछन्। शाक्य तीनैमा पर्छन्। सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए। छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उनी टोलीको कप्तान थिए। प्रशिक्षकका रूपमा २०१६ मा भारतमा भएको सागको १२औं संस्करणमा २३ वर्षमुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए। शाक्य हाल एनआरटीको प्रशिक्षकका रुपमा कार्यरत छन्।

तेक्वान्दोकी संगिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन्। १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगिना १३औं सागमा टोलीको प्रशिक्षक थिइन्। उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन्।

दीपक विष्टले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए। त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए। छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए। नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन्।

पारस खड्का नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन्। नेपालले अहिलेसम्म खेलेको एकमात्र टी-२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई (एकदिवसीय) मान्यता प्राप्त गर्दा दुवैमा पारस नै टोलीको कप्तान थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो। नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्।

तीन वर्ष अघि स्वदेशमा भएको १३औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन्। सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन्। सन् २०१६ को रियो ओलम्पिकमा भाग लिदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन्। त्यति बेला उनको उमेर १३ वर्षको थियो।

प्रकाशित: Aug 04, 2022| 19:39 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।