शनिबार, चैत १४, २०८२

एमबाप्पेलाई अनुबन्ध गर्ने कसरतमा रियल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा खेलाडी अनुबन्ध गर्न रियल मड्रिड अहिलेसम्म प्रयास जारी राखेको छ। 

यतीखेर रियल पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयासरत भएको खुलेको छ। यस सिजनको ट्रान्सफर विन्डोज बन्द हुनु भन्दा पहिले एमबाप्पेलाई अनुबन्ध गर्न रियल कसरतमा जुटेको हो। 

यस अवस्थामा पिएसजीले आर्थिक फेयर-प्लेको उल्लंघन गरेको आरोप लागेको छ। फ्रान्सीस पक्ष सोमबारसम्म एमबाप्पेलाई अनुबन्ध गर्दा खर्चेको १६० मिलियन पाउण्डको उपयोग गर्ने विकल्पको खोजिमा छ। उनी गत सिजन मोनाकोबाट ऋणमा पिएसजी पुगेका थिए।

युइएफएले अगस्ट ३० सम्म पिएसजीको एफएफपी स्थीतीको समाधान गरि सक्नु पर्ने छ। यदि पिएसजीले नियमको उलंघन गरेमा एमबाप्पेलाई अनुबन्ध गर्न असमर्थ हुने बताइएको छ। जसरी अहिले पिएसजी आफ्नो फाइदाका लागि एमबाप्पे अनुबन्ध गर्न हतारमा छ त्यसरीनै अनुबन्ध गर्न नसके बेच्नका लागि बाध्ये हुनेछ। 

रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै एमकाप्पेलाई अनुबन्ध गर्न तयार रहेको छ। यदी रियलसँग उनलाई अनुबन्ध गर्न २४ घण्टाको समय मात्र भएपनि रेकर्ड हस्ताक्षर गर्न हतारिरहेको बताइएको छ। 

एमबाप्पे पेरेजलाई मन पर्ने खेलाडी तथा पछिल्लो दशकका लागि आफ्नो हमलाको नेतृत्व गर्न सक्ने क्षमता भएको क्लबले बताइएको छ। एमबाप्पेले यसै सिजनको लिग वानमा दुई गोल गरिसकेका छन्। जबकी गत सिजन उनले २७ खेल खेल्दै १३ गोल र ८ असिष्ट गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।