शनिबार, मंसिर २३, २०८०

खेलकुद ऐन संशोधन गर्न मन्त्रालयमार्फत प्रस्ताव मागिँदै

२०७७ मा खेलकुद विकास ऐन लागू भइसके पनि सरोकारवालासँग पर्याप्त छलफलबिनै निर्माण हुँदा प्रदेश–केन्द्रबीचको ऐन बाझिएसँगै कार्यान्वयनमा जटिलता।
 |  बुधबार, साउन १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आउँदो नवौं राष्ट्रिय खेलकुद, खेलकुद विकास ऐन, एसियाली खेलकुदको तयारी र खेल संघको विवादका विषयमा बोलेका छन्।

sagarmatha cement

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित ‘स्पोर्टस् डाइलग’को पहिलो शृंखलामा सदस्यसचिव घिसिङले खेल क्षेत्रका विविध विषयमा देखिएको अन्योलबारे स्पष्ट पारेका हुन्।

पटक–पटक सर्दै आएको राष्ट्रिय खेकुद समयमै हुनेमा उनले विश्वस्त तुल्याए। पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘अब यो खेल प्रतियोगिता समयमै हुनुपर्छ। यसलाई रोकिराख्नुहुन्न।’

यद्यपि अहिले खेलाडी र पदाधिकारी राष्ट्रिय खेलकुद, १९औं एसियाली खेकुदको छनोट हुने÷नहुने विषयबारे अन्योलमा छन्। राष्ट्रिय टिम तयारीका सम्बन्धमा पनि उनले एसियाली खेलकुदका लागि राखेपको धारण प्रस्ट रहेको सुनाए।

‘आउँदो राष्ट्रिय खेलकुदबाट राष्ट्रिय टिम निर्धारण हुन्छ। अहिले क्याम्पमा रहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे उनीहरू क्याम्पमा रहन्छन्। तिनले जित्न नसके नयाँ खेलाडीले अवसर पाउनेछन,’ उनले भने।

Metro Mart
worldlink

राष्ट्रिय खेलकुदमा जित निकाल्नेबित्तिकै एसियाली खेलकुलका लागि चयन भएको नठान्न पनि घिसिङले आग्रह गरे। राष्ट्रिय खेलकुदपछि पनि विभिन्न संघहरूले आयोजना गर्ने च्याम्पियनसिपबाट खेलाडी छनोट गर्न सकिने उनले बताए।

देश संघीयतामा गइसकेपछि २०७७ मा खेलकुद विकास ऐन लागू भइसकेको छ। यसका आधारमा प्रदेशमा पनि ऐन बनाउने काम भइसकेका छन्। तर सरोकारवालासँग पर्याप्त छलफलबिनै ऐन निर्माण हुनुका साथै प्रदेश–केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ। प्रदेशलाई आफ्नै ऐन बनाउन छूट छ। उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नुभएको छैन। केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघलाई कठिनाइ भइरहेको छ,’ सदस्यसचिव घिसिङले भने, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनुपथ्र्यो। तर समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे। राष्ट्रिय संघहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ।’

नेपाल ऐन संशोधनमार्पmत ती संघलाई पुनर्जीवित गरिने उनको भनाइ छ। ऐनमा भएका समस्या हटाउन नेपाल ऐन संशोधन गर्न हरेक वर्ष सम्बन्धित मन्त्रालयमार्पmत प्रस्ताव माग गर्न सकिने प्रावधान छ। त्यसैले संघलाई वैधानिकता प्रदान गर्न युवा तथा खेलकुद मन्त्रालयमार्पmत बाधा÷अड्काउ फुकुवाका केही प्रस्ताव पठाइसकेको सदस्यसचिव घिसिङले जानकारी दिए। 

नियमावाली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको छ । आफू ऐन कार्यान्वयन गराउने निकाय भएकाले यसमा भएका त्रुटिप्रति खेलकुद परिषद् जिम्मेवार नहुने उनको धारणा छ।

‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी बनाएको प्रस्ट देखियो। सोही कारण कार्यान्वयनमा जटिलता आएको हो। खेलमा मात्र होइन अन्य क्षेत्रमा पनि यस्ता समस्या छन् । मैले समाधान गर्ने बाटोमार्फत  प्रक्रिया अगाडि बढाइसकेको छु,’ उनले भने।

ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन सकेका छैनन् । सदस्यसचिव घिसिङले संघलाई वैधानिकता दिने पक्षमा आफूले पहल गरिरहेको बताए। 

त्यसका लागि संघहरूले पनि ऐेन पालन गर्नुपर्ने र ऐनसम्मत निर्वाचन भएका छैनन् भने तिनले मान्यता नपाउने उनको भनाइ छ। आगामी २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ। तर गण्डकीमा खेलस्थान अभावका कारण केही खेल काठमाडौंमै आयोजना हुने सार्वजनिक भइरहेको छ।

सदस्यसचिव घिसिङले सकेसम्म सबै खेल गण्डकीमै खेलाउन प्रयत्न गरिने उल्लेख गर्दै आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्था भए काठमाडौंमा हुने संकेत गरे। नवौं राष्ट्रिय खेललाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना उनले सुनाए। 

हाल नेपालमा तेक्वान्दोका दुई संघ क्रियाशील छन्। केही समयअघि मात्र तेक्वान्दो संघको निर्वाचन सम्पन्न भएको थियो। तर नयाँ ऐनअनुसार निर्वाचन भए पनि राखेपबाट ऐन स्वीकृत नभएका कारण संघलाई राखेपले मान्यता दिएको छैन। घिसिङले नयाँ ऐन पारित गरेर पुनः चुनाव गर्नुपर्ने बताए।


प्रकाशित: Aug 03, 2022| 21:28 बुधबार, साउन १८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्