शनिबार, चैत १४, २०८२

इभानका लागि पिएसजी ९० मिलियन युरो तिर्न तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फ्रान्‍स- पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्रोएसिया तथा बार्सिलोनाका शानदार मिडफिल्डर इभान राकिटीकका लागि ९० मिलियन युरो तिर्न तयार भएको छ।

यसअघि बार्साले इभानका कसैले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहे १२५ मिलियन युरो मुल्य तिर्नुपर्ने भन्दै मुल्य तोकेको थियो। पिएसजी यती खेर इभानलाई अनुबन्ध गर्न नजिक सरेको खुलेको छ। क्रोएसियाको आश्चर्यजनक विश्वकप प्रदर्शनमा इभानले आफ्नो टिम फाइनल पुर्‍याउनका लागि महत्वपुर्ण योगदान दिलाएका थिए।

३० बर्षीय मिडफिल्डरका लागि पिएसजी ब्लोग्रानसँग वार्ता बस्ने बताइएको छ। तर, बार्सा यस प्रस्तावको स्वीकार गर्छ या गर्दैन त्यो भने खुलेको छैन्। किनकी, यस अघि बार्साले इभानको मुल्य १२५ मिलियन युरो तोकेको थियो। 

इभानको सम्झौता बार्सामा अझै तीन बर्ष बाँकी छ। उनको सम्झौता बर्सामा २०२१ सम्मको रहेको छ। ३० बर्षीय इभानको बजार मुल्य अबको केहि बर्षमा घट्न सक्ने अनुमान गरिएको छ। 

त्यसैले पनि बार्साले यो प्रस्तावलाई स्वीकार गर्न सक्ने छ। उनले क्रोएसिया राष्ट्रय टिमबाट यसै बर्ष मात्र ११ खेल खेले । २००७ मा राष्ट्रिय टिममा डेव्यु गरेका उनले हाल सम्म ९९ खेल खेली सकेका छन्। 

२००५ बाट व्यवसाहिक फुटबल खेल्न थालेका इभानले ला लिगाका मात्र ८ सिजन खेले। २०१४ मा सेभिल्ला बाट उनी बार्सिलोना पुगेका थिए। उनले हाल सम्म बार्साबाट लिगका मात्र १३५ खेल खेलेका छन्। गत सिजनको ला लिगामा उनले ३५ खेल खेलेका थिए। पिएसजीले पछिल्लो सिजन बार्साबाट नेयमारलाई किर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।