बिहीबार, असार ३२, २०८३

एसियन गेम्सः तेक्वान्दोको चुनौती समाप्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इन्डोनेसिया- तेक्वान्दोतर्फ १८ औं एसियन गेम्स अन्तर्गत बिहिबार भएको अन्तिम दुई खेलाडीको प्रतिस्पर्धा सकिएसंगै नेपाल पदकबिहिन स्वदेश फर्किने भएको छ।

बिहिबार पुरुष फाइटतर्फ ६८ केजी मुनीको तौल समूहमा नेपालका ज्ञानेन्द्र हमाल र महिला तर्फ ४९ केजी मुनीको तौल समूहमा अस्मिता खड्का पराजित भएसँगै एसियाडमा नेपालको तेक्वान्दो यात्रा टुङ्गिएको हो । दुबै प्रि–क्वाटरफाइनलमा स्थान बनाए पनि त्यसभन्दा अघि बढ्न नसकेनका हुन्।

पहिलो चरणमा भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएर अन्तिम १६ मा पुगेका ज्ञानेन्द्र मलेसियाका खेलाडी रोजाली रोजाईमिसंग ३०-२ अंकले पराजित भए।

अस्मिता खड्का ईरानकी खेलाडी नाहिद कियानीचान्देहसंग ४३–४ अंकले पराजित भईन्। एसियन गेम्समा तेक्वान्दोमा नेपालबाट १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

फाइटतर्फ सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ्ग, ज्ञानी चुनारा, संगीता बस्याल र निशा रावलले खेलेका थिए। 

यस्तै व्यक्तिगत पुम्से र टिममा कमल श्रेष्ठ र पार्वती गुरुङ, टिम पुम्सेमा सिना मादेन र निता गुरुङले प्रतिस्पर्धा गरेका थिए। एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो। नेपालले हालसम्म तेक्वान्दोमा १३ कास्य र १ रजत जितेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।