शनिबार, चैत १४, २०८२

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट मेस्‍सी आउट !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अर्जेन्टिना- आगामी महिना ग्वाटेमाला र कोलम्बियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टोलीमा मेस्सी परेका छैनन्। 

गत महिना सम्पन्न रुस विश्वकपमा खराब प्रदर्शनपछि मेस्सी मैत्रीपूर्ण खेलका लागि उपस्थित नहुने बताईएको छ। तर, मेस्सीले अन्य खेल खेल्ने वा नखेल्ने केहि खुलाईएको छैन। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कलोनीले पनि मेस्सीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने निश्चित नरहेको बताएका छन्। 

‘मैले मेस्सीसंग कुरा गरेको छु र उक्त कुराकानी पछि नै उनलाई टोलीमा नराखिएको हो। ईमान्दार भएर भन्नु पर्दा हामीले भविष्यको कुरा गरेनौं,’ प्रशिक्षक स्कलोनीले भनेका छन् । प्रशिक्षक स्कलोनीको भनाईको आधारमा मेस्सीले सन्यास लिने अनुमान गरिएको छ।

सन् २०१६ को कोपा अमेरिका फुटबलको फाइनलमा चिलीविरुद्धको पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। तर, चौतर्फी दबाबपछि मेस्सीले आफ्नो आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको टिममा फर्किएका थिए। यतिबेला पुनः मेस्सीको सन्यासबारे चर्चा चल्न थालेको छ।

यसअघि रुस विश्वकपमा उच्च प्रदर्शन गर्न नसक्दा मेस्सीको चौतर्फी आलोचना भएको थियो । स्पेनिस क्लब बार्सिलोनाका लागि सबै उपाधि दिलाउन सफल भएपनि राष्ट्रिय टोलीलाई केहि दिन नसकेको आरोप मेस्सीलाई लाग्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।