आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय महिलाले नक्कली कागजात बनाएर नागरिकता लिएपछि थालियो छानबिन

भारतीय महिलाले नक्कली कागजात बनाएर नागरिकता लिएपछि थालियो छानबिन

दार्जिलिङकी २१ वर्षीया राजनी राईले गत साउन ३१ मा निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट ३३–०२–०७९–००५१३ नम्बरको नागरिकता लिएको खुलेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

वीरगञ्ज– बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट नक्कली कागजपत्र बनाएर एक भारतीय महिलाले नागरिकता लिएको घटना बाहिरिएपछि छानबिन थालिएको छ। 

National life

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङकी २१ वर्षीया राजनी राईले गत साउन ३१ मा बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट  ३३–०२–०७९–००५१३ नम्बको नागरिकता लिएको देखिएको हो।  

घटनाबारे छानबिन थालिएको छ। उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र त्यसमा संलग्नलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले बताए। 

राईको जन्म मिति २०५८÷११÷१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ। यो जन्मदर्ता २०७९/०२/२३ मा वडा कार्यालयबाट बनाइएको हो। कीर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ।

झुटो विवरण पेस गरेर भारतीय नागरिक राईले नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ। 

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ।

उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९/०३/२४ रहेको छ। त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिंगर) र पति छेडुप सिंगरसमेत लेखिएको छ।–रासस

प्रकाशित: Aug 01, 2022| 14:52 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।