शनिबार, साउन १६, २०८३

काभ्रेस्थलीमा पाण्डे परिवारको बीभत्स हत्या

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको छ। हत्या भएको अवस्थामा उनीहरुको शव आज (सोमबार) बिहान फेला परेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको छ। हत्या भएको अवस्थामा उनीहरुको शव आज (सोमबार) बिहान फेला परेको हो। 

प्रहरीका अनुसार श्रीमान्, श्रीमती र दुई छोराछोरीको हत्या भएको हो। ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको बीभत्स हत्या भएको प्रहरीले जानकारी दिएको छ।

गोरखाको भीमसेन गाउँपालिका–६ स्थायी घर भएको पाण्डे परिवारको शव घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको हो। प्रहरीले ढोका फोडेर चार जनाको शव भेटाएको हो।

प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान सुरु गरेको छ।


प्रकाशित: Aug 01, 2022| 13:34 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।