बिहीबार, असोज ११, २०८०

४६ वर्षपछि धनगढीमा फोहोरमैला व्यवस्थापन गरिँदै

धनगढी २०३३ सालमा नगरपञ्चायत, २०४७ सालमा धनगढी नगरपालिका हुँदै २०७२ सालमा उपमहानगरपालिका घोषणा गरिएको थियो।
 |  सोमबार, साउन १६, २०७९
averest bankaverest bank

भीम चौधरी

भीम चौधरी

सोमबार, साउन १६, २०७९

धनगढी- धनगढी उपमहानगरपालिकाले स्थापनाको ४६ वर्षपछि योजनावद्ध रुपमा फोहोरमैला व्यवस्थापन प्रक्रिया थालेको छ। धनगढी २०३३ सालमा नगरपञ्चायत, २०४७ सालमा धनगढी नगरपालिका हुँदै २०७२ सालमा उपमहानगरपालिका घोषणा गरिएको थियो। 

sagarmatha cement

फोहोरमैला व्यवस्थापनको ठूलो समस्या र चुनौति व्यहोरिरहेको उपमहानगरपालिकामा अहिले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ठेक्का मूल्यांकनको काम सुरु भएको छ। 

क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का स्वीकृतीका लागि निर्माण कम्पनीको मूल्यांकनका कामअघि बढाइएको हो। क्षेत्रीय सहकारी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी द्रोण कटुवालले ठेक्का स्वीकृतीका लागि मूल्यांकनको चरणमा रहेको बताए। क्षेत्रीय सहरी विकासले ८ जुन २०२२ मा बोलपत्र आह्वान गरेको थियो। 

एकीकृत फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कुहिने र नकुहिने फोहोरलाई छुट्याएर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिने सूचना अधिकारी ईन्जिनियर द्रोण कटुवालले बताए। 

सूचना अधिकारी कटुवालले एशियाली विकास बैंकको एक अर्ब पाँच करोड सहुलियत ऋण लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का मूल्यांकनको काम भइरहेको बताए। 

यद्यपी, एकीकृत फोहोरमैला व्यवस्थापन निर्माणका लागि उपमहानगरपालिकाले जग्गाको भोगाधिकार अझै पाउन सकेको छैन। संघीय सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन र जग्गाको भोगाधिकार नपाएको कटुवालले बताए। 

उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा एकीकृत फोहोरमैला व्यवस्थापन निर्माणका लागि प्रस्ताव गरेको २२ हेक्टर क्षेत्रफल भोगाधिकार र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छैन।

धनगढीमा कोला किनारका घर क्षेउ मै अव्यवस्थित रुपमा जम्मा गरिएको फोहोर।
‘ठेक्का सम्झौता र जग्गाको भोगाधिकारको कामसँगै अगाडि बढाइएको छ। जग्गा प्राप्तिपछि मात्र ठेक्का सम्झौता गर्दा समय बढी लाग्ने भएकाले यस्तो गरिएको हो,’ कटुवालले भने, ‘संघीय वन मन्त्रालयमार्फत जग्गाको फाइल मन्त्रिपरिषद्‍मा जान्छ। जग्गा प्राप्तिको प्रक्रिया चाँडै पूरा हुने मैले विश्वास लिएको छु।’

निवर्तमान मेयर नृपबहादुर वडको पालामा उपमहानगरपालिकाले वडा नम्बर २, ११ र १३ मा ल्याण्डफिल साइटका लागि उपयुक्त जग्गाको अध्ययन गरिएकोमा वडा नम्बर २ बैयाबेहडीमा जग्गाको निधो भएको थियो। तर, स्थानीयको विरोधपछि त्यहाँ बन्न सकेन। 

धनगढी उपमहानगरपालिकामा अहिले दैनिक १२ देखि १६ टन फोहर संकलन हुँदै आएको छ। तर, उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदीखोलामा फाल्ने गरेको छ।

धनगढीमा रहेका मोहना नदी तथा सुकुटी नाला, कैलाली नालालगायतका खोलानाला किनारामा हाल संकलित फोहोरमैला फाल्ने गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ।

फोहोरमैला व्यवस्थापनका लागि कुनै निश्चित ठाउँ नभएकोले नदी, खोलानालामा फाल्नुपर्ने बाध्यता उपमहानगरपालिकाले जनाएको छ। 

कतिपयले त खोलानालाको किनारामा बनाएका घरको वरिपरी खाल्डा पुर्नका लागि फोहारमैला फाल्न उपमहानगरपालिका कार्यालयलाई गुहार्नेसमेत गरेका छन्।

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अझै केही समय लाग्ने भएकाले फोहोर व्यवस्थापनमा समस्या भइरहेको उपमहानगरले जनाएको छ।

प्रकाशित: Aug 01, 2022| 13:19 सोमबार, साउन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।