आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको काभ्रेस्थलीमा चार जना मृत फेला परेका छन्।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– काठमाडौंको काभ्रेस्थलीमा चार जना मृत फेला परेका छन्। तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीम आज सोमबार बिहान एकै परिवारका चार जना मृत फेला परेका हुन्। 

National life

आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी महाशाखाको टोली घटनास्थल पुगेको छ।

मृत भेटिएकहरुमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे छन्। 

उनीहरुको शव विभत्स अवस्थामा भेटिएकाले प्रहरीले हत्याको अनुमान गरेको छ। गोरखाको भीमसेन गाउँपालिका–६ स्थायी घर भएको पाण्डे परिवारको शव घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। प्रहरीले नै ढोका फोडेर शव भेटाएको हो।


प्रकाशित: Aug 01, 2022| 13:15 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।