शनिबार, साउन १६, २०८३

काठमाडौंका तीन स्थानमा तीन जना मृत फेला

काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मृत फेला परेका छन्।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मृत फेला परेका छन्।

टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी नागार्जुन नगरपालिका-६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप नगरपालिका-९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं महानगरपालिका-१९ मरूहिटीमा सनाखत हुन नसेका करिब ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 01, 2022| 12:29 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।